महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

२० चैत्र २०८०, मंगलवार १२:०२

काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरुको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयहरु मार्फत प्रदान गरिने जनाइएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २९ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै, गत पुस २८ मा सम्पन्न बैंकको २२ औं वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउने प्रस्ताव पनि पारित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*