सहकारी ठगी प्रकरणमा श्रममन्त्रीमाथि उठ्यो प्रश्न

२० चैत्र २०८०, मंगलवार १२:५६

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा मुछिएको कुरा संसदमा उठाएका हुन् ।

उनले भने, श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोड बढी फिर्ता नपाएको विषय छ ।

अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सञ्चालक थिए ।

अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ ।राईलाई भित्र्याउने काम श्रमन्त्री लागायतको हो भन्ने आरोप छ, उनले भने ।

यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौं, उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*