राष्ट्रिय वाणिज्य बैंकले डिबेन्चरको ब्याज रकम भुक्तानी सम्बन्धी निकाल्यो सूचना

२० चैत्र २०८०, मंगलवार १३:२२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘८.५% आरबिबिएल डिबेन्चर २०८३’को ब्याज रकम भुक्तानी सम्बन्धी सूचना निकालेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट जारी भएको ८.५% आरबिबिएल डिबेन्चर २०८३ को आर्थिक वर्ष २०७७।७८ देखि २०८०।८१ पुस मसान्तसम्मको ब्याज भुक्तनी गर्नुपर्ने रकम पुस मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताको बैंक खातामा पठाएको जनाएको हो ।

साथै, विविध कारणले आफ्नो ब्याज रकम हालसम्म पनि खातामा प्राप्त नभएका लगानीकर्ताले आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराई बैंकको ऋणपत्र रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गरी ऋणपत्रको ब्याज रकम वापतको रकम प्राप्त गर्न आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*