लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, कारोबार खुम्चिदै, दुई कम्पनीको शेयरमा सर्किट

२० चैत्र २०८०, मंगलवार १५:०९

काठमाडौँ । लगातार तेस्रो दिन समेत शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

बजारका लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नियामक निकायको आश्वासनले प्रतिफल नदिदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । बजार चलयमान हुन सकेको छैन । अर्थमन्त्रालयले शेयर बजारलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । तर, आश्वासन बाहेक बजार चलयमान बनाउनका लागि कुनै कदम नचाल्दा बजारले लय लिन सकेको छैन ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बेला शेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध फुुकुवा गर्नु पर्नेमा माग लगानीकर्ताले उठाउँदै आएको हुन् । ब्रोकर कमिशन घट्नु पर्न माग समेत लगानीकर्ताको रहेदै आएको छ । पूँजी बजार सुधारका लागि अर्थमन्त्रालयले सुझाव माग गरेको थियो । सुझाव पेश भएको एक सातासम्म समेत कुनै सकारात्मक कदम चालेको देखिदैन ।

आज लगानीकर्ता गोर्खाज फाइनान्स र सर्वोत्तम सिमेन्टको शेयरमा झुम्मिएका छन् । गोर्खाजको १४ करोड ९६ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको ९करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । साथै, तारागाउँ होटलको ७ करोड ४७ लाख र एनआइएमबि डिबेञ्चर २०८० को ६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज गुराँस लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, उपकार लघुवित्तको ८.६४ प्रतिशत,वीन नेपाल लघुवित्तको ६.९४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै, आज ज्योति विकास बैंक बोन्ड २०८७ को ७.५० प्रतिशत, मनकामना हाइड्रोपावरको ५.२८ प्रतिशत र तारागाउँ होटलको ४.९४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

मंगलबार ७ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१८ प्रतिशत, विकास बैंक समूहको ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५७ प्रतिशत र हाइड्रोपावर समूहको ०.७९ प्रतिशतले शेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*