माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ? (सूचीसहित)

२० चैत्र २०८०, मंगलवार १६:४४

काठमाडौँ । साताको तेस्रो कारोबार समेत शेयर बजार झिनो अकंले ओरालो लागेको छ । पछिल्ला तीन कारोबारको बजार राताम्य हुँदा अधिकांश कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको हो ।

बैंक तथा वित्तीय संस्था विरुद्ध सडकमा चलेका आन्दोलनले लघुवित्तको शेयरमा मूल्यमा प्रत्यक्ष असर गरेको थियो । विस्तारै आन्दोलरत पक्ष र सरकारबीच सहमतिको बातावरण बनेको छ । सकारात्मक महोल बन्दै जाँदा माइक्रोफाइनान्सको शेयर मूल्यमा समेत सुधार आएको छ ।

मंगलबार शेयर बजार सामान्य अकंले घटेपनि माइक्रोफाइनान्सको शेयर मूल्य भने ७२.५७ अकंले बढेर ३९१०.३४ बिन्दुमा बन्द भएको छ । नेप्सेमा कारोबार आएका ५१ कम्पनी मध्य ४९ को शेयर मूल्यमा सुधार आएको छ भने २ वटाको घटेको छ ।

आज गुराँस लघुवित्त र गणपति लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँसको शेयर प्रतिकित्ता १४८ रुपैयाँ ५ पैसा र गणपतिको ९७ रुपैयाँले बढेको हो ।

साथै, छिमेक लघुवित्तको ०.३१ प्रतिशत र धौलागिरी लघुवित्तको ०.२४ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*