सिटिजन्स बैंकको ‘रियल टाइम फिक्स डिपोजिट खाता’: मोबाइलबाटै आकर्षक ब्याजदरमा मुद्दति निक्षेप राख्न पाइने

२० चैत्र २०८०, मंगलवार १७:१५

काठमाडौँ । पछिल्लो समय नेपाली बैंकिङ्क क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिने क्रम जारी रहेको छ । अझ बैंकहरुले थालनी गरेको डिजिटल कारोबार प्रणाली प्रशंसनीय बन्दै गएको देखिएको छ । नेपालको बैंक तथा वित्तीय क्षेत्रका ग्राहक माँझ बलियो उपस्थिति जनाउँदै आएको सिटिजन्स बैंक इन्टरनेशनले प्रविधियुक्त बैंकिङ्ग सेवा सुविधामा एकपछि अर्का फड्को मार्दै अघि बढिरहेको छ ।

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै सिटिजन्स बैंकले आफ्ना सेवाहरूलाई थप गुणस्तरिय र विश्वनिय बनाउँदै लगिरहेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई कारोबारमा सहज बनाउनका निमित्त धेरै किसिमको सेवाहरू अनलाइन प्लेटफर्म बाटै दिँदै आएको जनाएको छ । बैंक निरन्तर प्रविधिसँग अगाडी बढी रहेको छ । सिटिजन्स बैंकमा बैंकिङ कारोबार गर्ने लाइन बस्नु पर्ने अवस्था छैन, सहजै क्यास लेस कारोबार गर्न सकिन्छ । घन्टौ बैंकमा लाइन बसेर क्यास निकाल्न पर्ने झन्झट कम हुँदै गएको छ । महिनौँसम्म बैंकमा जानै पर्दैन सबै कारोबार आफूसँग भएको मोबाइलबाट गर्न सकिन्छ । बैंकले उपलब्ध गराएको प्रविधियुक्त सुविधामध्ये एक हो ‘रियल टाइम फिक्स डिपोजिट खाता’ ।

बैंकले ल्याएको उक्त रियल टाइम फिक्स डिपोजिट खाताबाट घरमै बसी–बसी डिपोजिट गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरूले स–सानो कामका लागि बैंकसम्म जाने झन्झटको अन्त्य भएको छ । अब बैंकका ग्राकहरुले मोबाइल बैंकको एप मार्फत नै सजिलै खोल्न सक्नेछन् । साथै, बैंकसँग जोडिएका नयाँ र पुराना ग्राहकले आफ्नो कम्प्युटर, मोबाइल र ल्यापटपबाट घरमै बसेर खोल्न सकिने मुद्दती खाता हो ।

फिक्स्ड डिपोजिट पूर्वनिर्धारित अवधिका लागि निश्चित ब्याज दरमा बैंक र वित्तीय संस्थाहरूमा जम्मा गरिएको रकम हो । यो एक प्रकारको बचत खाता हो जहाँ ब्याज दर नियमित बचत खाताको भन्दा बढी हुन्छ । संस्थामा लगानीयोग्य पुँजी कम भएको अवस्थामा निक्षेपलाई आकर्षित गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले यस्ता योजना ल्याउने गर्दछन् । फिक्स डिपोजिट गरिएको रकम निर्धारित अवधि नसकिँदासम्म चलाउन पाइँदैन । तोकिएको समय भन्दा अगाडी पैसा झिक्नु परेमा निश्चित जरिवाना तिर्नु पर्ने हुन्छ । फिक्स्ड डिपोजिटहरू तुलनात्मक रूपमा सुरक्षित लगानी मानिन्छ । ब्याज दर निश्चित र अग्रिम थाहा भएको हुनाले, मुद्दती निक्षेपलाई कम जोखिमको लगानी मानिन्छ ।

कसरी खोल्न सकिन्छ ?

सबैभन्दा पहिला सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल एप्लिकेशनमा लगइन गर्नुपर्ने छ । त्यसपछि ‘मोर’ अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिएको ठाउँमा क्लिक गर्नुपर्दछ । त्यहाँ विभिन्न योजनाका प्रकारहरू देखिनेछ । ती योजना मध्य आफूले खोल्न चाहेको योजना, जम्मा गर्ने अवधि र आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नु छ ।

यी सबै काम गरेपछि आफ्नो इमेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुपर्नेछ । सो पश्चात् उपलब्ध गराउनुभएको सबै विवरण ठिक भएको वा नभएकोबारे आफैँले जाँच गर्नुपर्छ । यदि सबै विवरण ठिक भएको खण्डमा बैंकले ग्राहकको सो इमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउनेछ । त्यसलाई पनि जाँच गर्नुपर्छ । यसरी मुद्दती खाता बनाउँदा र रकम जम्मा गर्दा खातामा आवश्यक रकम भने हुन जरुरी छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैंकले आगामी दिनहरूमा अन्य सशक्त ढङ्गबाट यस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएको छ । बैंकले देशै भरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा ए.टी.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्गईकाईहरु बाट करिब १५ लाख ८० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

भिडियोः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*