शेयरधनीहरुको हात रित्तो बनाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न

२० चैत्र २०८०, मंगलवार १७:२९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सभा सम्पन्न भएको हो ।

बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको थिएन् । सोहि कारण यस वर्ष बैंकका शेयरधनीहरुको हात रित्तो भएको छ । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक निर्णय समेत पारित भएको हो ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्ने एजेण्डा राखेको थियो । सो एजेण्डा बैंकले हटाउने भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न बैंकलाई निर्देशन दिएसँगै बैंकले सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीको तर्फबाट दुईजना संचालकलार्य निर्वाचन गराउने प्रस्ताव अदालतको आदेशको कारण निर्वाचनको प्रकृया हाललाई स्थगीत भएको हो ।

 

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि बुक क्लोज गरिसकेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*