सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

२० चैत्र २०८०, मंगलवार १७:४१

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको आज चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत (कर सहित)नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड रहेको छ ।

कम्पनीले वैशाख १२ गते बुधबार रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*