प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

२१ चैत्र २०८०, बुधबार ०७:०५

काठमाडौं । प्रभु बैंक लिमिटेडले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यस शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवश्यक कागजात सहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*