ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

२१ चैत्र २०८०, बुधबार ०७:२३

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई आवेदन दिनुपर्नेछ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*