साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

२१ चैत्र २०८०, बुधबार ०९:३२

काठमाडौं । साना किसान विकास लघुवित्तले कुमारी बैंकको स्वामित्वमा रहेको दुई लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर आज (चैत्र २१ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । यसमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले तोकिएको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताको लागि र अधिकतम चार हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड वा संस्थाका शाखा कार्यायल विर्तामोड, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान तथा अत्तरियामा दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति वैशाख २५ गते रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*