धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पाँच जना सर्टलिष्ट निकाल्ने तयारी, आज साँझ बैठक बस्दै

२१ चैत्र २०८०, बुधबार १४:५७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि छनोट समितिले पाँच जना नाम सर्टलिष्ट निकाल्ने अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वमा आज साँझ बैठक बसेर आवेदक १९ जना मध्य पाँच जनाको नाम सर्टलिष्टमा गर्ने तयारी गरेको हो ।

नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै तत्काल बोर्डको अध्यक्ष पदको लागि प्रकृया अघि बढाउन अर्थमन्त्री वर्षमान पुनले केहि दिन अघि निर्देशन दिएका थिए । पाँच जना सर्टलिष्टको नाम सार्वजनिकका लागि आज बैंठक बस्न लागेको स्रोतले जनाएको छ । । स्रोतका अनुसार आज साँझ बस्ने बैठकले बोर्डका अध्यक्षमा आवेदन दिएका मध्य पाँच नाम सर्टलिष्टमा निकाल्ने तयारी गरेको हो । स्रोतले भन्यो, ‘अर्थमन्त्रीको निर्देशनपछि आवेदन दिएका मध्य पाँच जनाको सर्टलिष्ट तयार गर्ने अन्तिम चरणमा छ । आज साँझ बस्ने बैठकले पाँच जनाको नाम सार्वजनिक हुनेछ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले १९ जना आवेदक मध्येबाट पाँच जनाको नाम तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । हाल चर्चामा रहेका नाम अनुसार चिरञ्जीवी चापागाँई, डा. नबराज अधिकारी र कृष्ण बहादुर कार्कीको सर्टलिष्टमा पर्ने निश्चित छ । यस बाहेक डा. बिमल कुमार तिवारीको समेत सर्टलिष्टमा नाम निस्कने सम्भावना बलियो रहेको चर्चा चलिरहेको छ । यद्यपि माफियासँगको सेटिङ अख्तियारले छानबिन गर्दै गरेका र चर्चामा नरहेका ब्यक्तिहरुको समेत नाम आउने देखिएको छ ।

छनौट समितिले सार्वजनिक गरेको ५ जनालाई कार्ययोजना र प्रस्तुतिकरण पछि तीन जनाको नाम सिफारिस गर्नेछ । छनौट समितिमा श्रेष्ठको अलावा अर्थ सचिव सचिव कृष्णहरि पुस्कर र विज्ञको तर्फबाट उदय निरौला सदस्य रहेका छन् ।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । हाल डा. नबराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । बोर्ड अध्यक्ष विहिन हुँदा दर्जनौ कम्पनीहरुको आइपीओ र हकप्रद महिनौ दिने पाइपलाइनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*