१५ प्रतिशत लाभांश दिदा समेत घट्यो सर्वोत्तमको शेयर मूल्य, १ लाख ३९ कित्ता किनबेच

२१ चैत्र २०८०, बुधबार १५:२१

काठमाडौँ । सर्वोत्तम सिमेन्टको चैत २० गते बसेको संचालक समितिले लाभांश घोषण गर्यो । कम्पनीले हाल कायम चुक्तापूँजी

काठमाडौँ । लाभांश दिने घोषणा गरेपनि सर्वोत्तमको शेयर मूल्य ओरालो लागेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले हाल चुक्तापूँजीको १५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

लाभांश घोषणासँगै कम्पनीको शेयर मूल्यमा समेत सुधार हुने अपेक्षा लगानीकर्ताले राखेको थिए । तर, आज पनि कम्पनीको शेयर ३.१९ प्रतिशत अर्थात् २९ रुपैयाँ ५० पैसाले घटेर ८९५ रुपैयाँमा पुगेको छ ।

कम्पनीको आज १ लाख ३९ हजार ९०१ कित्ता बराबरको १२ करोड ६७ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*