साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार कित्ता बोनस शेयर सूचीकृत

२१ चैत्र २०८०, बुधबार १६:३४

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस शेयरसूचीकृत भएको हो।

यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । अब डिम्याट खातामा जम्मा भएपछि दोस्रो कारोबार गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*