दुई कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

२२ चैत्र २०८०, बिहीबार १०:५०

काठमाडौं।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ।

सिद्धार्थ प्रिमियरले फागुन १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । जसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम २८० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यस्तै, कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख ३९ हजार ३७ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७८० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

दुवै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा कानुन बमोजिम योग्य लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लिलामी आवेदन एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*