कुमारी बैंकबाट संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै तीन जना शेयरधनी

२२ चैत्र २०८०, बिहीबार ११:३२

काठमाडौँ। कुमारी बैंकले लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका शेयरधनी नन्दे बिष्टको १ हजार १ सय ८, मोहन बहादुर गुरुङको १ हजार २ सय ७ र राम बहादुर बुढाको १ हजार ७ सय २९ कित्ता गरी जम्मा ४ हजार ४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य भने तोकिएको छैन । शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा आईपुग्ने गरी निवेदन पेश गर्नु पर्ने छ ।

तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम सर्वसाधारणमा बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*