श्वेत गंगा हाइड्रोपावरबाट बाहिरिँदै विदेशी लगानीकर्ता डोल्मा

२२ चैत्र २०८०, बिहीबार १२:१३

काठमाडौँ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसन लिमिटेडको विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड १ कम्पनीबाट बाहिरिने भएको छ । कम्पनीको नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिने भएको हो ।

शेयरको लकइन अवधि २०८० फागुन २ गतेबाट सकिएको छ । कम्पनीको संचालक समितिको बैठकले डोल्मा इम्प्याक्ट फण्ड १ लाई उसको नाममा रहेको शेयर बिक्री गर्नको लागि सहमति प्रदान गर्ने निर्णय पनि गरिसकेको छ ।

हाल श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रकसनको चुक्ता पुंजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ । जस मध्ये २४.१७ प्रतिशत शेयर डोल्मा इम्प्याक्ट फण्ड १ सँग छ ।

1712145078536

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*