झापामा एकै दिन तीन वटा सहकारीमा तोडफोड

२२ चैत्र २०८०, बिहीबार १२:२३

काठमाडौं । झापाको गौरादहमा एकै रात तीन वटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात सहकारीमा चोरी भएको हो ।

गौरादह – ५, स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको जनाइएको छ ।

स्कुलचौनको जनहित सहकारीको सेफमा रहेको सात लाख रुपियाँ सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताउनुभयो । यसै गरी चप्रामारीको महारानी झोडा सेवा केन्द्रबाट ८५ हजार रुपैयाँ र सानाकिसान सहकारीबाट ५४ हजार रुपियाँ चोरी भएको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*