लगातार पाँचौ दिन समेत शेयर बजार ओरालो, परिसूचक पनि खुम्चिदै

२२ चैत्र २०८०, बिहीबार १५:०८

काठमाडौँ । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । पछिल्लो पाँच कारोबारको दिन शेयर बजार निरन्तर ओरालो लागि रहेको हो । बजारमा आएको ओरालोले लगानीकर्ताको मनोबललाई थप कमजोर बनाउँदै लगि रहेको छ ।

नियामक निकायको आश्वासनले प्रतिफल नदिदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । बजार चलयमान हुन सकेको छैन । अर्थमन्त्रालयले शेयर बजारलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । तर, आश्वासन बाहेक बजार चलयमान बनाउनका लागि कुनै कदम नचाल्दा बजारले लय लिन सकेको छैन ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बेला शेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध फुुकुवा गर्नु पर्नेमा माग लगानीकर्ताले उठाउँदै आएको हुन् । ब्रोकर कमिशन घट्नु पर्न माग समेत लगानीकर्ताको रहेदै आएको छ । पूँजी बजार सुधारका लागि अर्थमन्त्रालयले सुझाव माग गरेको थियो । सुझाव पेश भएको करिब दुई सातासम्म समेत कुनै सकारात्मक कदम चालेको देखिदैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७३ अकंले घटेर २००४.०५ बिन्दुमा बन्द भएको छ । साताको अन्तिम कारोबारको दिन ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

बिहिबार गोर्खाज फाइनान्सको २३ करोड ३२ लाख रुपैयाँ, शिवम सिमेन्टको १८ करोड ३८ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मानुषि लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त र तारागाउँ रिजेन्सिको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

त्यस्तै, सर्वोत्तम सिमेन्टको ५.८५ प्रतिशत र पिपुल्स पावरको ७.२४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*