गोर्खाज फाइनान्स र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

२२ चैत्र २०८०, बिहीबार १५:०९

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ ।

बिहीबार नेप्सेका अनुसार ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ शेयर कित्ता बिक्री गरी तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्सको २३ करोड ३२ लाख रुपैयाँ, शिवम् सिमेन्टको १८ करोड ३८ लाख रुपैयाँ, सर्बोतम सिमेन्टको १८ करोड र सूर्यज्योति लाइफको ६ करोड दुई लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*