तीन लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२२ चैत्र २०८०, बिहीबार १५:१८

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ ।

उक्त दिन कारोबार भएका कम्पनीहरुमध्ये तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मानुषी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र गुराँस लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज तारागाँउ रिजेन्सी, विन नेपाल लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*