सर्वाधिक शेयर मूल्य घट्ने दोस्रो नम्बरमा सर्वोत्तम सिमेन्ट, २ लाख कित्ता शेयर किनबेच

२२ चैत्र २०८०, बिहीबार १५:२०

काठमाडौँ । सर्वाेत्तम सिमेन्टको शेयर सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रो नम्बरमा आएको छ । बिहिबार कम्पनीको शेयर प्रतिकित्ता ५.८५ प्रतिशत अर्थात् ५२ रुपैयाँ ४० पैसाले घटेर ८४३ रुपैयाँ १० पैसा पुगेको छ ।

कम्पनीले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश घोषणा गरेदेखि शेयर मूल्यले भने निरन्तर घटि रहेको हो । आज कम्पनीको २ लाख ११ हजार ९०७ कित्ता बराबरको १८ करोड २४ लाख ७१ हजार रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*