८ महिनामा ६८ अर्ब रुपैयाँको आईपीओ सूचीकृत, कस्तो शेयर बजारको वर्तमान अवस्था ?

२२ चैत्र २०८०, बिहीबार १७:५१

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन मसान्तसम्ममा पुँजी बजार २१०८ दशमलव ७३ को विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिको तुलनामा शेयर बजार बढेको हो । गत आवको सोही अवधिमा शेयर बजार १९५३ दशमलव ०६ को विन्दुमा कायम भएको छ ।

चालु आवको फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३३१४ अर्ब ६३ करोड कायम भएको छ । २०७९ फागुन मसान्तमा बजार पुँजीकरण रु.२८२३ अर्ब ६८ करोड रहेको थियो ।

चालु आवको फागुन महिनासम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा फागुन मसान्तमा सूचीकृत ८ अर्ब २२ करोड शेयरको चुक्ता मूल्य रु.८१४ अर्ब ६५ करोड रहेको छ । ८ महिनाको अन्तरालपछि शेयर बजारमा ६८ अर्व ८५ रुपैयाँको आईपीओ, १७ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर, १६ अर्ब रुपैयाँ बराबरको बोनश शेयर सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँको साधारण शेयर, ६ अर्ब रुपैयाँको डिबेन्चर, पाँच अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर र तीन अर्ब रुपैयाँको म्युचुअल फण्ड गरी कुल २४ अर्ब रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*