खराब कर्जा, बेस रेट र ब्याजदर घट्ने क्रममा छः बैंकर्स संघ

२२ चैत्र २०८०, बिहीबार १८:०७

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुको खराब कर्जा र बेस रेट घट्ने क्रममा रहेको जानकारी दिएको छ ।आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघले यस्तो जानकारी दिएको हो ।

साउनमा १०।११ प्रतिशत रहेको बैंकहरुको बेस रेट यस अवधिसम्ममा क्रमश घट्दै ९।०४ मा झरेको छ।त्यस्तै, बैंकसं संघले आज बैंकिङ्ग तथ्यांक सार्वजनिक गर्दै खराब कर्जा १।१३ मा झरेको र बेस रेट ८।७७ प्रतिशतमा झरेको जानकारी दिएको छ।

आर्थिक मन्दीमा ब्याजदरको चर्को आलोचना भएपनि पछिल्लो समय अर्थतन्त्र सुधारसँगै ब्याजदर क्रमश घट्ने क्रममा रहेको बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताँउछन् ।

अर्थतन्त्त्रमा बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको र बैंकिङ क्षेत्रलाई बलियो बनाउन मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका हुन् । नकारात्मक समाचारहरुले बैंकिङ क्षेत्रको बिषयमा आम जनमानसमा गलत सूचना पुगेको भन्दै यसतर्फ ध्यान दिन मिडियाहरुलाई सकारात्मक इन्डेक्सतर्फ पनि कलम चलाउन आग्रह गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*