बैंकहरुले अनुदान बापत पाएनन् १२ अर्ब भुक्तानी

२३ चैत्र २०८०, शुक्रबार ११:०६

काठमाडौं । बैंकहरुले सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको सरकारबाट पाउनुपर्ने १२ अर्ब भुक्तानी नपाएको बताएका छन् ।

सरकारले ल्याएको सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको रकम बैंकहरुले आफना ग्राहकहरुलाई दिएको सुविधामा सरकारले ढिलाई गर्दा १२ अर्ब रुपैयाँ रोकिएको बैंकर्सं संघका अध्यक्ष सुनिल केसीले बताएका छन् ।

अर्थमन्त्रालयलाई जानकारी गराइसकेको बताए । तर लामो समयसम्म पनि बैंकहरूले भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष केसीको गुनासो छ । उक्त रकम मन्त्रालयलाई तत्कालै भुक्तानी गर्न उनले आग्रह समेत गरेका छन् ।
संघका अध्यक्ष सुनिल केसीले यसबारे अर्थमन्त्रालयलाई जानकारी गराइसकेको भएपनि रकम दिने छाटकाट नदेखाएको उनको धारणा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*