धितोपत्र ब्रोकर्श एशोसिएसनद्धारा निबन्ध प्रतियोगिताको विजेता घोषणा, प्रथमलाई ५० हजार दिने

२३ चैत्र २०८०, शुक्रबार १६:३४

धितोपत्र ब्रोकर्श एशोसिएसनद्धारा निबन्ध प्रतियोगिताको विजेता घोषणा, प्रथमलाई ५० हजार दिने

 

काठमाडौँ । विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो ।

प्रतियोगितामा सहभागिताको अन्तिम दिन चैत्र ०७ गते साँझ ५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको छ । “Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम हुनुभएको छ । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय हुनुभएको छ । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो हुनुभएको छ । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार नगद पुरस्कार प्राप्त हुनेछ ।

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो ।

विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा बर्षेनी मनाइने अभियान हो । विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*