१६ वाणिज्य बैंकको शेयरमूल्य राताम्मे, लगानीकर्तालाई किन्ने सूवर्ण अवसर

२४ चैत्र २०८०, शनिबार १२:१६

काठमाडौं । कारोबार साताको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७३ अकंले घटेर २००४.०५ बिन्दुमा बन्द भएको थियो ।

साताको अन्तिम कारोबारको दिन ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको थियो ।

कारोबार रकम बढेपनि बैंकिङ्ग उपसूचकमा कारोबार भएका वाणिज्य बैंकको शेयरमूल्य चाँही घटेको छ । बिहीबार कारोबार भएका बैंकहरुमध्ये एनएमबि बैंकको मात्र शेयरमूल्य ० दशमलव ५७ प्रतिशत अर्थात १ अंकले बढेर १७७ रुपैयाँमा कारोबार भएको छ ।

साथै, बिहीबार १६ वटा वाणिज्य बैंकको शेयरमूल्य घटेको छ । उक्त दिन कृषि विकास बैंकको १ दशमलव ६५ प्रतिशत र लक्ष्मी सनराईज बैंकको १ दशमलव २२ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ ।

कारोबार भएका बैंकहरुमध्ये एनआईसी एशिया बैंकको १ प्रतिशत, ग्लोबल आइएमई बैंकको ० दशमलव ९९ प्रतिशत, नेपाल बैंक लिमिटेडको ० दशमलव ९९ प्रतिशतले शेयरमूल्य घटेको हो ।

त्यस्तै, बिहीबार सिटिजन बैंक र नबिल बैंकको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*