इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

२५ चैत्र २०८०, आईतवार ०७:५८

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कालिगण्डकी चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कनिष्ठ सहायक (तालिमे) पद सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

यसका लागि कम्तिमा एसईई, प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हदमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा भने पाँच वर्ष थप हुनेछ । कम्प्यूटर, मोटरसाइकल चलाउन जान्ने र सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।

आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २५ गते)ले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यसमा संस्थाका शाखाहरु रहेको स्थान पहाड तथा तराईका दुर्गम ग्रामीण क्षेत्रका विपन्न वर्गमा गई समूह परीचालन, कर्जा लगानी तथा असूली, बचत संकलन एमव् कर्जाको विश्लेषण र सदुपयोगिता निरीक्षण तथा संकलित बचत तथा असुल भएको कर्जा किस्ताको लेखाङ्कन गर्ने आदि काम गर्नुपर्ने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*