प्रतिकित्ता ११० रुपैयाँमा नै प्रभु बैंकको शेयर सर्वसाधारणले किन्ने मौका

२५ चैत्र २०८०, आईतवार १०:३९

काठमाडौँ । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६१ हजार ७६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

जसका लागि न्यूनतम ११० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामी शेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले वैशाख १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*