नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट

२५ चैत्र २०८०, आईतवार १३:१८

काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर मोरङमा विशेष छुट पाउने भएका छन् । बैंकले अस्पतालसँग आज एक छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराई बिच सम्पन्न भएको हो । सम्झौता पश्चात बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*