पाँच दिनको ओरालो यात्रामा ब्रेक, कारोबार ४ अर्ब २५ करोड, फाइनान्समा झुम्मिए लगानीकर्ता

२५ चैत्र २०८०, आईतवार १५:११

काठमाडौँ । पाँच दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । गत साताभरी राताम्य भएको बजार यो साताको सुरुवातमै सुधार देखिएको हो । बजार आइतबार दोहोरो अकंले बढेको हो ।

नियामक बिस्तारै लचिलो बन्दै जाँदा शेयर बजारमा सुधारको सकेत देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.७५ अकंले बढेर २०२६.८१ बिन्दुमा बन्द भएको हो ।

आइतबार ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँँँको कारोबार भएको छ । आज फाइनान्स कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

आज फाइनान्स कम्पनीको शेयर मूल्य ५.९५ प्रतिशतले बढेको हो । त्यस्तै, वाणिज्य बैंकको ०.५८ प्रतिशत, विकास बैंक समूहको ३.१६ प्रतिशत, हाइड्रोपावर समूहको १.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज नेपाल रिइन्स्योरेन्सको प्रोमोटर शेयरको ९५ करोड २० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १९ करोड ४ लाख रुपैयँको शेयर कारोबार भएको छ ।

साताको पहिलो कारोबारको दिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त र मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आइतबार तारागाउँ रिजेन्सिको शेयरमा नकारात्मक सर्किट लागेको हो । साथै, कालिका लघुवित्तको ४.३५ प्रतिशत, ग्लोबल आइएमई फण्ड १ को ३.१० प्रतिशत, सूर्यज्योति लाइफको २.७६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*