सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?

२६ चैत्र २०८०, सोमबार ०८:११

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक÷वरिष्ठ सहायक÷सहायक, कनिष्ठ सहायक÷कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा आवेदन खुलाएको छ । उक्त पदहरुका लागि इमेल, इन्टरनेट र कम्प्यूटर सञ्चालनसम्बन्धी ज्ञान भएको, संस्थाको स्वीकृत कार्यक्षेत्र भित्रका आवेदक र सवारी चलाक अनुमतिपत्र भएकालाई प्राथमिकता दिइनेछ ।

तोकिएको शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र २६ गते)ले १५ दिनभित्र दरखास्त आवेदन बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*