७२ हाइड्रोपावरको शेयर मूल्यमा सुधार, कुनको कति बढ्यो (सूचीसहित)

२६ चैत्र २०८०, सोमबार १२:१०

काठमाडौँ । हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । आइतबार अर्थात् चैत २५ गते पाँच दिनेको ओरालो यात्रामा ब्रेक लागेसँगै अधिकांश हाइड्रोपावरको शेयर मूल्यमा सुधार आएको हो ।

आइतबारको दिन हाइड्रोपावर समूहको २८.४० अकंले बढेर २४६३.९७ बिन्दुमा बन्द भएको हो । यसदिन नेप्सेमा कारोबारमा आएका ९१ कम्पनी मध्य ७२ कम्पनीको शेयर मूल्यमा सुधार आएको हो । त्यस्तै, १७ कम्पनीको शेयर मूल्य घटेको हो भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक शेयर मूल्य बढाउने कम्पनीमा दोल्ती पावर कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९.५५ प्रतिशत अर्थात् ४१ रुपैयाँ ४० पैसाले बढेर ४७५ रुपैयाँ पुगेको छ । साथै, बुद्धभुमि नेपाल हाइड्रोपावरको ७.६३ प्रतिशत, तेह्रथुम पावरको ५.८२ प्रतिशत, पिपुल्स पावरको ४.७० प्रतिशत र थ्री स्टार हाइड्रोपावरको ४.०१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

आइतबार सर्वाधिक शेयर मूल्य घट्ने कम्पनीमा रुरु जलविद्युत प्रयोजना रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता २.५२ प्रतिशत अर्थात् १६ रुपैयाँ ५० पैसाले घटेर ६३७रुपैयाँ ५० पैसा पुगेको छ । साथै, चिरख्वा हाइड्रोपावरको २.०२ प्रतिशतले घटेर ५३४ रुपैयाँ, खानीखोला हाइड्रोपावरको १.२९ प्रतिशतले घटेर २३० रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*