विकास बैंकमा झुम्मिए लगानीकर्ता, १६ कम्पनीकै शेयर मूल्यमा उछाल

२६ चैत्र २०८०, सोमबार १२:५४

काठमाडौँ । केहि समेत सुस्त रहेको बैंकिङ क्षेत्र विस्तारै लयमा फर्कि रहेको छ । आइतबारको दिन विकास बैंक समूहको शेयर १२२.०९ अकंले बढेर ३९८३.६१ बिन्दुमा बन्द भएको हो ।

यसदिन कारोबारमा आएका सबै विकास बैंकको शेयर मूल्यमा उछाल आएको छ । समग्र बजार सो दिन दोहोरो अकंले बढ्दा अधिकांश सेक्टरको शेयर मूल्यमा सुधार देखिएको हो ।

सो दिन सर्वाधिक शेयर मूल्यमा बढाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता ५.८६ प्रतिशत अर्थात् १७ रुपैयाँले बढेर ३०७ रुपैयाँ पुगेको हो । साथै, महालक्ष्मी विकास बैंकको ५.३५ प्रतिशत, सिन्धु विकास बैंकको ४.९३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.७९ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*