महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

२६ चैत्र २०८०, सोमबार १७:२१

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक तर्फको रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिबाट भएको मनोनयन अनुमोदन गर्ने एजेण्डा पनि पारित गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १४ गते बुक क्लोज गरेको थियो । जस अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*