सलिको र ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै

२७ चैत्र २०८०, मंगलवार ०६:५५

काठमाडौं । आज (चैत्र २७ गते) मंगलबार दुई कम्पनीको साधारण सभा बस्दैछ । लाभांश प्रस्ताव पारित गर्न यस दिन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको सभा हुँदैछ ।

सलिकोले सञ्चालक समितिले सिफारिस गरेअनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको पाँच प्रतिशतले हुन आउने रकम १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रस्तावित लाभांश पारित गर्न यस कम्पनीको आज अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौंमा विहान १० बजेदेखि सभा सुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १३ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र १२ गतेसम्म कायम शेयरधनी साभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

यता, ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा रकम समेतबाट बैंकको हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले हुन आउने रकम एक करोड ९७ लाख २२ हजार रुपैयाँ बोनस शेयर तथा ०.२० प्रतिशतले हुन आउने रकम १० लाख ३८ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको छ ।

घोषित लाभांश पारित गर्न यस बैंकको दशौं तथा एघारौं वार्षिक साधारण सभा यस दिन मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा ६–कास्कीमा विहान ११ बजेदेखि बस्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले चैत्र ९ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र ८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*