प्रभु बैंकको साधारण सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?

२७ चैत्र २०८०, मंगलवार ०७:२०

काठमाडौं । प्रभु बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा वैशाख २० गते बिहीबार, बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा विहान १० बजे बस्ने भएको छ । बैंकको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैंकले सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् । सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन, वासलात, नाफा÷नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र संचालकहरुको नियुक्ती अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख ३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*