सिंगटी हाइड्रोको लिलामी शेयरको बोलपत्र आज खोलिने

२७ चैत्र २०८०, मंगलवार ०७:४५

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलाम बिक्रीमा राखेको ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले शेयर बिक्रीका लागि चैत्र १२ गतेदेखि २० गतेसम्म आवेदन खुलाएको थियो ।

कम्पनीका अनुसार उक्त शेयरमा परेको बोलपत्र आज ग्रिन लिभ्स रेष्टुरेन्ट, नक्साल, काठमाडौंमा बिहान ८ बजे खोलिनेछ । साथै, मुक्तिनाथ क्यापिटल लिमिटेडको फेसबुक लाइभ मार्फत लगानीकर्तालाई बोलपत्र खोलिएको प्रत्यक्ष देखाईने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*