ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौंः राष्ट्र बैंक

२७ चैत्र २०८०, मंगलवार ०९:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गर्न सुझाव दिएको छ । बैंकले चैत्र २७ गते एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधान कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुनसक्ने बैंकले जनाएको छ ।

स्थिर ब्याजदर तोकिएको अवधिभर परिवर्तन गर्न नपाइने र परिवर्तनीय ब्याजदर आधार दरमा भएको फेरबदल अनुसार हरेक महिना परिवर्तन हुनसक्ने र प्रिमियम दरमा भने कुनै परिवर्तन गर्न नपाईने बैंकले स्पष्ट पारेको छ ।

नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्छ । यसर्थ, ग्राहकहरुले आफूले उपभोग गर्न लागेको कर्जामा लागू हुने प्रकारको ब्याजदर, लागू हुने प्रिमियम दर र शुल्कहरुको विषयमा अनिवार्य रुपमा पूर्ण जानकारी लिनपर्ने धारणा राष्ट्र बैंकले ब्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*