२५ हजारको चेकमा आफैले ६ लाख थपेर बाउन्स गरेपछि

२७ चैत्र २०८०, मंगलवार १६:११

काठमाडौँ । पछिल्लो समय चेक बाउन्सको घटना बढ्दो छ । विभिन्न तयारीबाट चेक बाउन्स हुने घटनाहरू बाहिर आइरहेका छन् । रौतहट जिल्लामा चेक बाउन्स ठगिको नयाँ शैली देखिएको छ ।

एक जनाले २५ हजारको मात्र दिएको चेकमा ६ लाख थप गरेको गरेर चेक बाउन्स गराएको एक घटना बाहिरिएको हो । जिल्लाको गढीमाई नगरपालिका–४ सुन्दरपुरका सरोज कुमार साहले सोही गाउँ सुन्दरपुर नै घर भई चन्द्रपुर नगरपालिका–५ हस्पिटल रोड बस्दै आएका विजय यादवलाई २५ हजार रुपैयाँ उल्लेख गरी चेक दिएका थिए ।

शाहले दिएको २५ हजारको चेकमा अगाडि केही ठाउँ खाली छुटेकोले यादवले सोही मौकामा ६ लाख रुपैयाँ थप गरेका थिए । २५ हजार रुपैयाँ मात्र उल्लेख गरी दिइएको चेकमा ६ लाख थप गरेर ६ लाख २५ हजार उल्लेख गर्दै चेक बाउन्स गराएपछि चेक दिने व्यक्ति समस्यामा परेका छन् । उनले आफ्नो गुनासो बोकेर प्रहरी सामु जाहेरी दिएका छन् । पीडित बनाएको भन्दै साहले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अनुसन्धान र कारवाहीको लागि जाहेरी दिएका छन् । यादवले ठगी गर्ने नियतका साथ चेकमा रकम थपेको साहको आरोप रहेको छ ।

साहले चैत्र १६ गते कामना सेवा विकास बैंकको चेक यादवलाई साट्न मिल्ने गरी दिएका थिए । तर, यादवले ग्लोबल आइएमई बैंकबाट क्लियरेन्स गराउने भन्दै दुई पटक चेक बाउन्स परेको पाइएको हो ।

साहले यादवसँग जग्गा कारोबार गर्दा यादवको २५ हजार रुपैयाँ तिर्न बाँकी राखेका थिए । सोही रकम तिर्न शाहले २५ हजारको चेक यादवलाई प्रदान गरेका थिए । शाहले अक्षर र अकं दुबैमा अगाडि धेरै खाली ठाउँ छोडेका कारण यादवले खाली ठाउँमा रकम थप गरेको देखिएको हो ।

खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । एउटै चेक धेरै पटक बाउन्स भएको खण्डमा त्यसलाई बैंकिङ कसुरका रूपमा लिइन्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । साथै, चेक बाउन्स भएको खातावालालाई जेलको सजाय पनि हुने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*