सहकारी महासंघको दाबीः देशभर जम्मा ५ सय सहकारी मात्र समस्यामा छन्

२७ चैत्र २०८०, मंगलवार १६:५६

काठमाडौ । पछिल्लो समय सहकारीमा समस्या आइरहेको खबर बाहिरिरहेको बेला राष्ट्रिय सहकारी महासंघले भने देशभर जम्मा ५ सय सहकारीमा मात्र समस्या आएको बताएको छ ।

एकपछि अर्को समस्याका खबर बाहिरिदै गर्दा महासंघले ३० हजार प्राथमिक सहकारीमा ५ सय सहकारीमा मात्र समस्या भएको बताएको छ । महासंघका पुर्व अध्यक्ष केशव बडालले सहकारीको दर्शन विपरित चलेको एक सय वटा सहकारी र बाँकी ४ सय सहकारी र कम्पनी छुट्याउँन नजान्दा समस्यामा रहेको बताए ।

बडालका अनुसार यो भनेको जम्मा १.५ प्रतिशत सहकारीमा मात्र समस्या भएको हो ।
महिला आर्थिक पत्रकार संघ (फेजा) संगको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्लले पनि थोरै मात्र सहकारीमा समस्या भएको दाबी गरिन । सबैभन्दा बढी महिला आवद्ध भएको क्षेत्र पनि सहकारी नै भएको उनको दाबी थियो । यो क्षेत्रमा ७५ लाख महिला आवद्ध रहेको संघको भनाइ छ । ४ हजार ६ सय सहकारी महिलाले मात्र सञ्चालन गरेको सहकारी ९१ प्रतिशत सफल रहेको संघको दाबी छ ।
कुल गार्हस्थ उत्पादन (जिडिपि) मा ५ प्रतिशत योगदान रहेको बताउँदै आएका सहकारी अभियन्ताका अनुसार १ लाख भन्दा बढीले सहकारीमा प्रत्यक्ष रोजगारी पाएका छन भने १२ लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएका छन् । कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत योगदान कुनै आधिकारिक तथ्यांक होइन । अनुमानको भरमा भनिएको ५ प्रतिशत योगदानका कुरा चल्न थालेको लामै समय भयो । महासंघकी अध्यक्ष मल्ल जबसम्म सहकारीलाई उद्योग व्यवसायको रुपमा लिइदैन तबसम्म अनुमानका भरमा मात्र जिडिपिको योगदान ५ प्रतिशत भन्नुपर्ने बाध्यता रहेको बताइन । यस्तै सहकारीको वित्तिय क्षेत्रमा २० प्रतिशत योगदान रहेको बताइएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालय अनुसार हालसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सरकारले व्यवस्थापनको जिम्मा लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*