सलिकोको १.१४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

२८ चैत्र २०८०, बुधबार ०६:५५

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आज (चैत्र २८ गते)देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा ल्याइएको उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*