२०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार घट्यो, कारोबार पनि खुम्चिदा ११ उपसूचक राताम्य

२८ चैत्र २०८०, बुधबार १५:१०

काठमाडौँ । वि.स २०८० सालको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले घटेको छ । चैत्र २९ गते भोलि बिहिवार नेपाल सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व ईदको सार्वजनिक विदा दिएकाले २०८० सालको अन्तिम शेयर कारोवार आज नै हुने छ । लगातार दुई दिन बढेको बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।

लगानीकर्ता नाफा बुक गर्न हाबि हुँदा बजार घट्न पुगेको हो । राष्ट्र बैंकद्धारा शेयर बजारमा लगाएका सीमाले शेयर बजार प्रभावित बनेको हो । नीतिगत अवरोध सुधारको माग लगानीकर्ता लामो समयदेखि उठाउँदै आएका छन् । नियामकले सकारात्मक कदम चाल्न नसक्दा लगानीकर्ताको मनोबल समेत कमजोर बनाउँदै लगेको छ ।

अबको केहि साता भित्र धितोपत्र बोर्डले समेत अध्यक्ष पाउने छन् । अबको बोर्ड अध्यक्ष शेयर बजारमैत्री आउने की ? सीमित घरनालाई पोस्ने हुने भन्ने अन्यौलले समेत शेयर बजारमा उतार चडाब देखि रहेको छ । यो वर्ष शेयर बजारका लगानीकर्ताका लागि निराशमय नै रहेको लगानीकर्ताहरुका तर्क छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.७१ अकंले घटेर २०२५.३० बिन्दुमा बन्द भएको छ । बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको २.५० प्रतिशत, होटल तथा पर्यटन समूहको १.६७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

यसदिन, माण्डु हाइड्रोपावरको शेयर सर्वाधिक बढेको छ । कम्पनीको आज प्रतिकित्ता ९.६९ प्रतिशत अर्थात् ६८ रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको हो । साथै, खानिखोल हाइड्रोपावरको ८.२६ प्रतिशत,गुराँस लघुवित्तको ७.७३ प्रतिशत र पिपुल्स पावरको ६.८३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

बुधबार दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज सिन्गटी हाइड्रो र विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५४ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ११ करोड १२ लाख रुपैयाँ र नेपाल फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*