हिमालयन रि इन्स्योरेन्स र गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता

२८ चैत्र २०८०, बुधबार १५:११

काठमाडौं । बुधबार शेयर बजार १० दशमलव ७१ अंकले घटेको छ । यो वर्षको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले घट्न पुगेको हो ।

नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर २०२५ दशमलव ३० को बिन्दुमा कायम भएको छ । बुधबार कुल ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ वटा शेयर कित्ता किनबेच हुदाँ तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार घटेतापनि आज हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५४ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा गोर्खाज फाइनान्सको ११ करोड १२ लाख रुपैयाँ, नेपाल फाइनान्सको नौ करोड ७७ लाख रुपैयाँ, पोखरा फाइनान्सको नौ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*