एक वर्षमा मनकामना स्मार्ट लघुवित्तका सीइओ विष्ट बुझे २१ लाख ९८ हजार रुपैयाँ तलब, अन्य पदाधिकारीले कति ?

२८ चैत्र २०८०, बुधबार १७:१६

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देव सिंह विष्टले तलब भत्ता र बोनश बापत २१ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ विष्टले आर्थिक वर्ष २०७९।८० मा २१ लाख ९८ हजार २४२ रुपैयाँ बुझेका हुन् ।

प्रतिवेदन अनुसार कम्पनीका सीइओ विष्टले पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत उक्त रकम बुझेका हुन् ।

त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत कूलमणी ज्ञवालीले १७ लाख ४९ हजार ६३३ रुपैयाँ, सहायक प्रबन्धक राज कुमार सुवेदीले ८ लाख ६२ हजार १७१ रुपैयाँ र लक्ष्मण प्रसाद भट्टराईले ८ लाख १ हजार ८३१ रुपैयाँ तलब भत्ता बापत बुझेका हुन् ।

यता, बरिष्ठ अधिकृत पदक प्रसाद घिमिरेले ७ लाख ६६ हजार १८० रुपैयाँ र तिलक राम भण्डारीले ७ लाख ६६ हजार १८० रुपैयाँ तलब भत्ता बापत एक वर्षमा बुझेका हुन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यस वर्ष शेयरधनीहरुको हात रित्तो हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*