रिभर फल्स पावरले डाक्यो साधारण सभा, हकप्रद निष्काशन मुख्य एजेण्डा

२९ चैत्र २०८०, बिहीबार ०७:०७

काठमाडौं । रिभर फल्स पावर लिमिटेको सातौं र आठौं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको संचालक समितिको चैत्र २८ गते बसेको बैठकले यो निर्णय गरेको हो ।

लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको यस सभामा चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । सभाले गत वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकको निर्वाचन गर्ने र संचालकको पारिश्रमिक, बैठक भत्ता तथा सुविधाको बारेमा छलफल गरिनेछ । साथै, हकप्रद शेयर प्रयाजनका लागि अधिकृत जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेका छन् ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा वैशाख ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*