आईपिओ निष्काशनको प्रस्ताव राखेर निलगिरी खोला हाइड्रोपावर र पियोर इनर्जीले डाक्यो एसजीएम

२९ चैत्र २०८०, बिहीबार ०८:२८

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र पियोर इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीको चैत्र २८ गते बसको संचालक समितिको बैठकले आईपिओ निष्काशनको प्रस्तावसहित विशेष साधारण बोलाएका हुन् ।

निलगिरी खोला हाइड्रोपावरको सभा वैशाख २० गते, आर.बी कम्लेक्स, लाजिम्पाट, काठमाडौंमा विहान साढे १० बजेदखि सुरु हुनेछ । सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारणलाई छुट्याइएको शेयर बाहेकको जारी पूँजीमा चुक्त हुन बाँकी शेयर सम्बन्धमा छलफल हुनेछ ।

यता, पियोर इनर्जीको सभा वैशाख १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा विहानको १० बजेदेखि सुरु हुनेछ । सभामा ऋण सुविधा प्राप्त गर्ने तथा अख्तियारी सम्बन्धमा छलफल हुनेछ । कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशनको मागसहित धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*