प्रभु इन्स्योरेन्सको सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?

२९ चैत्र २०८०, बिहीबार ०७:५६

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिलकुने, काठमाडौंमा विहानको १० बजेदेखि बस्ने भएको छ ।

सभाले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, संचालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र संचालकसहित ७ जनाको समिति गठन गर्नेछ ।

त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित संंचालकहरुको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्र÷पत्रिका तथा संचार खर्च बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद तीनको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको छ । वैशाख ६ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*