अरुण भ्याली हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड

२९ चैत्र २०८०, बिहीबार ०९:११

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको एक करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर निष्काशन गरेको थियो ।

निष्काशित हकप्रदमा रितपूर्वक आवेदन दिने ३३ हजार ७१४ जना शेयरधनीहरुलाई एक करोड ६६ लाख ८७ हजार ४९२ कित्ता शेयर बाँडफाँड गरिएको छ । शेयर बाँडफाँड चैत्र २७ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले गरेको हो ।

साथै, आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको शेयर वापतको रकम चैत्र ३० गते शुक्रबार देखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैक खातामा पठाइने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*