नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, कामनालाई पछ्याउँदै लुम्बिनी र ज्योति, अन्य कुनले कति कमाए ?

२९ चैत्र २०८०, बिहीबार ११:०१

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधि विकास बैंकहरुले साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले ३ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

गरिमा र मुक्तिनाथ विकास बैंकको नाफामा कडा प्रतिस्पर्धा देखिएको छ । अघिल्लो महिना नाफा कमाउने बैंकको सूचीमा गरिमा पहिलो नम्बरमा रहेको थियो । तर, फागुनमा मुक्तिनाथ नाफा कमाउने विकास बैंकको अग्र स्थानमा रहेको छ ।

आठ महिनाको अवधिमा मुक्तिनाथ विकास बैंकले ६५ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्गले देखाएको छ ।

विकास बैंकमा नाफा कमाउने तेस्रो स्थानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । यता, नाफा कमाउने चौथो नम्बरमा रहेको महालक्ष्मी विकास बैंकले ४० करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा क्रमशः कामना सेवा विकास बैंकले ३८ करोड १५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले २७ करोड ९७ लाख रुपैयाँ, ज्योति विकास बैंकले २५ करोड ७७ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड ५४ लाख, मितेरी डेभलपमेन्ट बैैंकले ४ करोड २ लाख रुपैयाँ, सिन्धु विकास बैंकले २ करोड, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ९४ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

चार विकास बैंकको नाफा ऋणात्मक

फागुन मसान्तसम्ममा चार विकास बैंकको नाफा नोक्सानमा रहेको छ । यस अवधिमा एक्सेल डेभलपमेन्ट बैंक २४ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्गमा देखाएको छ ।

यस्तै, सप्तकोसी डेभलपमेन्ट बैंक १३ करोड ६२ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ७४ लाख र साल्पा विकास बैंक २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*